देश/प्रदेश « Khabarhub

पहिरोले अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

फिदिम- पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके-फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । बिहान ८ बजे सडकमाथिबाट पहिरो खसेपछि अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ बजेबाट एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।…