देश/प्रदेश « Khabarhub

मध्यरातमा लमजुङलाई केन्द्र बनाएर भूकम्प

काठमाडौं–मध्यरातमा लमजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । लमजुङको बेसिशहर नजिकै केन्द्रबिन्दु बनाएर राति पौने १२ बजे ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कम्पन लमजुङ जिल्लाभर महशुस भएको थियो । मध्यरातमा भूकम्प गएपछि स्थानीयबासी त्रसित भएका थिए ।