देश/प्रदेश « Khabarhub

पश्चिमी वायुको प्रभाव– काठमाडौंसहित देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं– पश्चिमी वायुको प्रभावले आज (सोमबार) मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए…