देश/प्रदेश « Khabarhub

धनुषामा पुरुषको शव फेला 

काठमाडौं- धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ । पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।