Live on
Your Voice, Your Power
काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित एक टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।