धर्म / संस्कृति « Khabarhub

पूर्व युवराज्ञी हिमानीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

जनकपुर– पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरको जानकी मन्दिरमा आइतबार बेलुका विशेष पूजा गरेकी छिन् । हिमानी ट्रष्टको कार्यक्रमका लागि जनकपुर पुगेकी उनले जानकी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । उनी मन्दिर पुग्दा स्थानीयको भीड लागेको थियो । हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरण गरेको छ ।