समाचार Archives | Page 7036 of 7408 | Khabarhub Khabarhub

जुवा खालमा प्रहरी अपरेशन– ९ लाखसहित ४३ जना पक्राउ

काठमाडौं– प्रहरीले मंगलबार राति जुवाविरुद्धको अपरेशन सञ्चालन गरेको छ । राजधानीका विभिन्न पाँच स्थानमा प्रहरीले चलाएको अपरेशनमा ४३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ लाख बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले राजधानीका महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर, बौद्धलगायतका स्थानमा एकै साथ अपरेशन चलाएको थियो ।