राजनीति Archives | Page 1965 of 1990 | Khabarhub Khabarhub

आन्तरिक कारणले कांग्रेस धरासायी

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष रहेपनि आन्तरिक तिक्तताका कारण पार्टी धरासायी भएको बताए । उनले पार्टी एकजुट भए काङग्रेसलाई कसैले हराउन नसक्ने टिप्पणी गरे ।…