राजनीति Archives | Page 757 of 1997 | Khabarhub Khabarhub

इलाम २ मा सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का झिनो मतान्तरले पराजित

इलाम । चर्को प्रतिस्पर्धाका बिच इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका हुन् । मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरे भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।