अपराध « Khabarhub

सिराहाको एक गेस्टहाउसमा भेटियो युवकको शव

सिराहा - जिल्लाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ । विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए। सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको…