अपराध « Khabarhub

हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

सल्यान-हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-२ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । \ ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका-४ भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।