अपराध « Khabarhub

बैतडीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

बैतडी– दोगडाकेदार गाउँपालिका-१ रिम बस्ने ४५ वर्षीय विष्णु सिंह साउदलाई भरुवा बन्दुक १ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  साउदले भरुवा बन्दुक लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।