Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाका सहायक रथी सुरेश कुमार कार्की उपरथीमा बढुवा भएका छन् । सेनाको वार कलेजको प्रमुख रहेका सहायक रथी कार्की उपरथीमा बढुवा भएका हुन् । आइतबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले कार्कीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उपरथीमा बढुवा भएका कार्कीलाई सेनाले मध्यपूर्वी पृतनाको प्रमुखको जिम्मेवारी दिएको छ ।