सेना « Khabarhub

मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरी सुरक्षा रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पछिल्लो अवस्थाबारे सुक्ष्म अध्ययन गरेर सुरक्षा रणनीति तयार गर्न पृतनापतिहरुलाई निर्देशन दिएका छन्। भद्रकालीस्थित जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को आइतबार समापन गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल प्रभावबारे अध्ययन गरेर रणनीति तयार गर्न निर्देशन दिएका हुन्।…