Live on
Your Voice, Your Power
वेलिङ्टन– न्यूजिल्याण्डमा दुईवटा साना विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ । न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आससमा ठोक्किएको अधिकारीले जनाएका छन् । विमान एक आपसमा ठोक्किएपछि जमिनमा खसेका थिए । त्यसपछि दुर्घटनाग्रस्त विमानमा आगलागी भएको जनाइएको छ ।…