Live on
Your Voice, Your Power
एजेन्सी - उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन शहरमा रहेको एउटा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार अरू २८ जना घाइते भएका छन् । जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेका रेस्टुरेन्ट भवन शनिबार बिहान भत्किएको थियो ।