विविध « Khabarhub

किसानले पेन्सन पाउने

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम घोषणा गरेका छन् । अर्थमन्त्रीले ‘किसानसँग सरकार’ कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजनाको घोषणा गरेका हुन् । यसको सुरुआत गर्न किसान हित कोषको स्थापना गरिने उनको भनाइ छ…