क्रिकेट « Khabarhub

ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ । टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो । कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए…