Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी र संसदबीचमा टकराव हुनु ठिक नभएको बताएका छन । शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन। उनले संसदले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक फिर्ता आएपनि पुनः पठाउने बताए ।