देश/प्रदेश « Khabarhub

बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पर्वत– पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षत्विक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्यपहाडीसँगै क्षत्विक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन ।…