Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सक्रिय सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट ज्यान गएको छ । महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचारत छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ…