देश/प्रदेश « Khabarhub

हिमपातले हुम्लाको जनजीवन प्रभावित

काठमाडौँ– हुम्लामा  बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपात जारी रहेका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताए ।