Live on
Your Voice, Your Power
दमौली- बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्डमा आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएको छ। बन्दीपुर गाउँपालिका-१ नाहालामा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फसेका सवारीसाधन निकालेपछि साना सवारीसाधन आवतजावत हुन थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक अवरुद्ध भएपछि रोकिएका साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको जानकारी दिए।…