देश/प्रदेश Archives | Page 1693 of 2005 | Khabarhub Khabarhub

हातहातमै सामाजिक सुरक्षा भत्ता

सप्तरी- लकडाउनमा समाजिक दूरी कायम गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नगरपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर दिने गरेको छ । हनुमाननगर कंकालिनी १ देखि १४ वडासम्मका टोलटोका घरघरमै पुगेर हातहातमा नै भत्ता वितरण गरिएको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताए ।…