देश/प्रदेश « Khabarhub

झापामा कोरोना संक्रमित संख्या १०७ पुग्यो

झापा- झापामा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्। शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।…