देश/प्रदेश « Khabarhub

६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली

दार्चुला– महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली आइबार स्वदेश फर्किन पाएका छन् । घरमा आमा बितेर भारतस्थित क्वारेन्टाइनमै किरिया बसेका वासुदेव भट्टले ६ दिन पछि स्वदेशको भूमि टेक्न पाएका हुन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित उनको घर भएका उनलाई घर पठाउनु अगाडि उनको जिल्ला अस्पतालमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमार्फत कोरोना भाइरसको परीक्षण गरिने छ…