देश/प्रदेश « Khabarhub

बनेपा नगरपालिकाका सव–इन्जिनियर घुससहित पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बनेपा नगरपालिका–११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई लाई घुससहित पक्राउ गरेको छ । श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।…