देश/प्रदेश « Khabarhub

जुम्लाको सरकारी टोली पूजाका लागि बाजुराको बडिमालिका प्रस्थान

जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान…