देश/प्रदेश Archives | Page 32 of 2073 | Khabarhub Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं- काठमाडौं महानगरपालिका-१७ पुरानो ढल्कु बस्ने ६२ वर्षीय दिलकुमार पुजारीको करेन्ट लागेर गए राति मृत्यु भएको छ ।  सोही ठाउँस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।