देश/प्रदेश « Khabarhub

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनु्सार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मृत फेला परेकी हुन्। महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाका बारेमा अनु्सन्धान गरिरहेको जनाएको छ।