देश/प्रदेश Archives | Page 452 of 1782 | Khabarhub Khabarhub

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन् । रानालाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट २९० मिलिग्राम लागूऔषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।