देश/प्रदेश « Khabarhub

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

धनगढी– अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।   साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। साउँदको ३ वर्षका छोरा रहेका छन् ।