Live on
Your Voice, Your Power
चितवन- चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए । उनले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताए । प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ ।…