Live on
Your Voice, Your Power
म्याग्दी– पहिरोको उच्च जोखिममा रहेका म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरिएको छ । कालीगण्डकी नदीको किनारको बस्तिमा माथिको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सारिएको हो । पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबास भन्ने ठाउँमा शनिबार सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । उनले भने, ‘बस्ती माथिको भिरमा जमिन चिरा…