Live on
Your Voice, Your Power
काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने जहाज दिउँसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ। प्राधिकरणले विमान राति आउँदा यात्रुको व्यवस्थापनमा कठिन हुने भएकाले समयतालिका निश्चित गरिएको जनाएको हो । विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लिनुपर्ने र व्यवस्थापनका लागि सजिलो हुने भएकाले ३ बजेभित्रै जहाज काठमाडौं आइपुग्नुपर्ने व्यवस्था गरिएको…