कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा संक्रमित संख्या ७०८ पुग्यो


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेज मार्फत थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका संक्रमितहरु बर्दिया, रोल्पा र बाँकेका हुन् ।

भेरी अस्पतालमा ६२३ जनाको स्वाब परीक्षणका लागि प्रयोगशालामा बाँकी रहेको पनि अस्पतालले जानकारी दिएको छ ।

योसँगै कर्णाली प्रदेशमा संक्रमित संख्खया ७०८ पुगेको छ ।

No photo description available.

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ३ : १५ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान