Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे । १२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् । फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो…