राजनीति Archives | Page 117 of 1903 | Khabarhub Khabarhub

इजरायल र ले‍बनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित

काठमाडौँ- इजरायलमा प्यालेस्टाइनको लडाकु समूहको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेबनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जानकारी दिए । शान्ति मिसनका क्रममा त्यहाँ ८ सय ७५ जना नेपाली सेना तैनाथ रहेका छन् ।