Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिंगापुर र मलेसिया जानेछन्।