राजनीति Archives | Page 566 of 1996 | Khabarhub Khabarhub

जसपाद्वारा मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।  बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । अन्सारी सप्तरी निवासी हुन् । समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त रहेको छ ।