अपराध Archives | Page 4 of 279 | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा- २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका-१३ इलाम रोड बस्ने ४७ वर्षीय दिलीप कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । दिलीपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।