Live on
Your Voice, Your Power
रामेछाप – ग्यास चुहिएर भएको आगलागीमा परी रामेछापमा एक वृद्ध दम्पती घाइते भएका छन्। रामेछापको मन्थली नगरपालिका- ११ गेलुमा शनिबार भएको घटनामा घाइते हुनेमा ७८ वर्षीय जनक श्रेष्ठ र उनकी श्रीमती ७८ वर्षीया मोतीमाया श्रेष्ठ रहेका छन्। घाइते दुवैलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीले घरमा क्षति पुगेको छ।