ब्रेकिङ स्टोरी « Khabarhub

भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता

काठमाडौं– भारतको बेंगलोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फुकाइएको छ । अपरान्ह १ः३०  मिनेटमा बेंगलोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।  त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ ।  जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी छ ।