ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिनिधिसभाका सभामुखको निर्वाचन ७ माघमा

 काठमाडौं–  प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।