Live on
Your Voice, Your Power
काठमाडौं- ‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा एकजना प्रहरी अधिकृत छानबिनमा तानिएकी छन् । ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको जिम्मेवारी खोसेर छानबिन थालिएको हो । शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको जानकारी उपत्यका प्रहरी कार्यालयका एसएसपी एवम् प्रवक्ता विनोद घिमिरेले दिएका छन्…