समाचार Archives | Page 35 of 416 | Khabarhub Khabarhub

थप १२ संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा नयाँ संक्रमण भेटिएका छन् भने ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ ।