भारत / चीन / सार्क « Khabarhub

भारतको मध्य प्रदेशमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु

भारत- भारतको मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा कम्तिमा ८ जना मजदुरको ज्यान गएको छ। एसियन न्यूज इन्टरनेशनलले रिपोर्ट गरे अनुसार उक्त घटनामा ५० जना मजदुर घाइते भएका छन्। रिपोर्ट अनुसार गए राति गुनाको क्यान्ट पीएस क्षेत्रमा दुर्घटना भएको हो। ट्रकमा मजदुरहरु थिए। उनीहरु महाराष्ट्रदेखि उत्तर प्रदेशमा रहेको आफ्नो घर जाँदै थिए।…