भारत / चीन / सार्क « Khabarhub

मानहानीको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने

काठमाडौँ- गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले पुनरावेदन गर्ने भएका छन् । गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन्…