समाचार « Khabarhub

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध दुवै सडक खुलाउने…