समाचार « Khabarhub

विद्युत् विस्तारपछि गाउँगाउँमा ‘विद्युतीय मिल’ 

भोजपुर– विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् । यसरी विद्युत् विस्तार भएको गाउँ हो– भोजपुरको रामप्रसाद राई गाउँपालिका– ६ वैकुण्ठे । यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ ।…